
जनकपुरधाम : जनकपुर विमान स्थलमा नेपाली सेना परिचालन गरिएको छ । विमान स्थलको सुरक्षा नेपाल प्रहरीले गर्दै आएकोमा आसन्न स्थानीय तहको निर्वाचन नजिकिए सँगै विमान स्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । आइतबार देखि विमानस्थलको जिम्मा नेपाली सेनाले लिएका छन् ।
जनकपुर विमान स्थलका प्रमुख योगेन्द्र कुँवरले स्थानीय तहको निर्वाचनमा एयरपोर्टमा खटिरहेका सुरक्षाकर्मीहरु खटेकाले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको बताए । निर्वाचनको सुरक्षामा खटेका सुरक्षाकर्मी नफर्केसम्म नेपाली सेनाले नै विमान स्थलको सुरक्षामा रहने बताए ।
अहिले नेपाली सेनाको मेजरको नेतृत्वमा ४८ जना नेपाली सेना विमान स्थलको सुरक्षामा खटेका छन् । एक्सरे मेसिन तथा विमान स्थलमा बडी सर्चका लागि महिलाका लागि महिला प्रहरी र पुरषका लागि पुरुष प्रहरी खटेका छन् । यस्तै भिआइपीहरुको लिस्टीङका लागि एकजना नेपाल प्रहरी खटेको बाँकी नेपाली सेना रहेको विमान स्थल प्रमुख कुँवरले बताए ।