जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बलराम महतो र निर्मल चौधरीले आफ्नो पाँच वर्षे जनकल्याण प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘सिजन आमके, भिजन बलरामके’ मुख्य नारा सहित जनकपुरधाम उप-महानगरपालिकाको स्थानीय निर्वाचन २०७९ जनकल्याण प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता, सुनिश्चितता गरी विकास एव्म सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहको मुख्य उदेश्य सहित सुशासनको माध्यमबाट शासन नीति तथा कार्यान्वयन बीचको दुरी हटाउने आर्थिक सुशासन एवं अपराधिक भ्रष्टाचारी प्रवृति हटाउने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धतापत्रमा ७० वर्ष नाघेको जेष्ठ नागरिकलाई निःशुल्क दुर्घटना विमा, जेष्ठ नागरिक क्लव र भेटघाट स्थल र मेयर कल्याणकारी कोषको स्थापना गर्ने उल्लेख गरेको छ ।

बालश्रमिकलाई विद्यालय पढाउन बालश्रमिकको परिवारलाई रु २५ हजार अनुदानको व्यवस्था गर्ने तथा अति विपन्न परिवारको बालबालिकालाई उच्च शिक्षामा छात्रवृति प्रदान गर्ने उल्लेख गरिएको छ । उम्मेदवार साहले भने, ‘जनकपुरधामको ईतिहास बोकेको सरस्वती, कन्या, जानकी, ज्ञानकुप माध्यमिक विद्यालयको संरक्षण र स्थानीय पुस्तकालय र वाचनालाय तथा व्यवस्थापनका साथै माध्यमिक शिक्षा सम्म निः शुल्क पाठ्यपुस्तकको उपलब्धता गराउने प्रतिबद्धता जनाउँदछौं ।’

लामो समयदेखि विवादमा रहेको ल्याण्डफिल साईटको व्यवस्थापनसंगै मच्छर भगाउ अभियान र अस्पताल जन्य फोहरलाई क्लिनिकल वेष्ट म्यानेजमेन्टबाट व्यवस्थान गर्ने जनाएको छ । सांस्कृतिक, पर्यटकीय पूर्वाधार सार्वजनिक स्थानामा सौन्दर्यीकरण र जनकपुरको ७ स्थानमा ईन्टरनेट सुविधा सहितको डाटापार्क स्थापना र ५ स्थानमा पर्यटकीय डिजिटल भिडियो सूचना बोर्ड राखिने बताए ।
प्रतिबद्धतापत्रमा होटल, मोडल र रिर्सोट सञ्चालमा नीजि क्षेत्रसंग हातोमालो तथा मिथिला परिकारलाई विशेष प्राथमिकतामा राखेर प्रचार प्रसार गरिने उल्लेख छ । ‘उपमहानगरको साना किसानलाई कृषि कार्यको सिंचाई मिटरमा ५० प्रतिशत छुट तथा समयमै मालखाद्य उपलब्ध गराउन केन्द्रको स्थापना गर्नेछ । आधुनिक वद्यशाला र बजार व्यवस्थापनमा आधुनिक मोडल सञ्चालन गरिने छ ।’ प्रतिबद्धतापत्रमा जिविकोपार्जन व्यवसायको दर्ता छुट आयमुलक तालिम लिएकाह्ररुलाई बैंक तथा वित्तिय संस्थाहरुसंग ऋणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
उप-महानगरपालिको ग्रामीण क्षेत्र समेटने गरी रिङ्गरोड तथा अन्डररग्राउण्ड विद्युतीय तार विछयाउने प्रतिबद्धतापत्रमा भनिएको छ । ‘प्रदुषण नियन्त्रण तथा विपन्न परिवारका लागि ईन्डेक्स चुल्हा तथा खानेपान र शौचालयको व्यवस्थापन गर्नेछ ।’ क्रिकेट, भलिवल, पहलमानी लगायतका खेलमा रािष्ट्रय समुह निर्माण र स्टेडियमा निर्माणमा पहल गर्ने जनाएको छ । यसैगरी स्थानीय सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन, नेपाल पत्रकार महासंघ र मधेश पत्रकार महासंघको निःशुल्क ईन्टरनेट सुविधा प्रदान गर्ने उम्मेदवार बलराम महतोको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

गाडी नलिने, तलव भत्ता दान गर्ने
जनकपुरधाम उप-महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बलराम महतोले निर्वाचित भएपछि नगरपालिकाबाट प्राप्त हुने गाडी सुविधान नलिने घोषणा गरेको छ । उनले भने, ‘अहिलेको नगर प्रमुखले जसरी गाडी किनेर कवाडमा थन्क्याईदियो त्यसर िम गर्ने छुईन् । नगरपालिकाबाट म गाडी नै लिदिन म आफ्नै गाडी चढछु । मैले पाउने तलव भत्ता सम्पुणर् रकम बृद्धाआश्रम, बालआश्रम तथा अनाथ आश्रममा दान गर्ने प्रतिबद्धता जनाउनेछु ।’

प्रतिबद्धतापत्र सार्वजनिक समारोहमा उनले भने, ‘मलाई जानकी माता र भगवान पशुपति नाथले दिएको सब थोक छ, म जनकपुर बनाउन चाहन्छु, जनकपुर जनतालाई विकासको अनुुुभुति गराउन चाहन्छु । मलाई कुनै लोभ लालच छैन, बरु काम गर्न मसंग सबै श्रोत साधन छ, दुई रुपैयाँको काम १ रुपैयाँमै गरेर देखाईदिन्छु ।’ उम्मेदवार महतो रमण कन्ट्रक्सनका मालिक थिए । हाल उनले कम्पनीबाट राजिनामा दिई निर्वाचनमा होमिएका छन् ।

२०७९ बैशाख २०, मंगलवार १७:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय