काठमाडौं : नेपालमा हाल स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव छ ।

अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका अरू भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


२०७९ बैशाख २३, शुक्रबार ०६:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय