महोतरी : महोत्तरीको गौशालामा गए राति अज्ञात समुहले डकैती गरेको छ। गौशाला नगरपालिका १० जलिलटोलमा जयकिशोर महतोको घरमा आएको एक समुहले मानिसलाई कुटपिट गरी लुटेको हो।

त्यो समुहले निजकी बुहारी निरादेवीलाई कुटपिट गरी घाइते बनाएर नगद १ लाख १० हजार, गरगहना, टिभी, मोबाइल गरी करिव ३ लाख बराबरको लुटेको हो।

घरका अन्य कोठामा बाहिरबाट चुकुल लगाएर कुटपिट गर्दै लुटपाट गरिएको पीडित परिवारले जनाएको छ। निराको टाउकोमा खुकुरी प्रहार गर्दा गम्भीर चोट लागेको छ। टाउकोमा ४ वटा टाका लगाएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

निजको उपचार प्राथमिक स्वास्थ्यकेन्द्र गौशालामा भइरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रन्जन मिश्रले बताए।


२०७९ बैशाख २३, शुक्रबार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय