
बर्दिबास: आसन्न स्थानीय निर्वाचनको मिति जति जति नजिक हुँदै गएको छ, त्यति-त्यति चुनावी माहोल तातिदै गएको छ । पार्टीगत नेता तथा स्थानीय स्वतन्त्र उम्मेदवारहरु बाजागाजा सहित घरदैलो र चुनावीसभामा भोट माग्न नेता देखि कार्यकता सम्म व्यस्त देखिन्छ ।
मेयर-उपमेयर देखि वडा अध्यक्ष र सदस्य पद सम्मका उम्मेदवारहरु यति बेला हरेक घर-घरमा भोट माग्दै गरेको देखिन्छ । आफ्नो-आफ्नो पार्टीलाई जिताउन सबै लागि परेका छन् । तर महोत्तरीको बर्दिबासमा एउटा अनौठो दृश्य देख्न पाइयो, बर्दिबास नगरपालिका-९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका शिक्षक/शिक्षिकाहरु यति बेला विद्यार्थी माग्दै घर-घरमा घरदैलो गरिरहेको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै बनरझुल्ला माबिले गत मंगलबार देखि विद्यार्थी भर्ना अभियान सुरु गरेका छन् । बालकक्षा देखि कक्षा ९ सम्मका विद्यार्थीका लागि सुरु गरेको बिद्यार्थी भर्ना अभियानमा विद्यालयका सेवा क्षेत्र अन्तर्गत बर्दिबास नगरपालिकाका वडा तथा भंगहा नगरपालिका केहि वडामा घरदैलो तथा भौतिक उपस्थितिमा भर्ना अभियान सुरु गरेका शिक्षक संजित महतोले बताए ।
शिक्षक महतोले स्कुल बाहिर रहेका र आएर पनि छाड्न सक्ने अवस्था विद्यार्थीहरुलाई एक पटक मात्र पुर्याएर हुँदैन । विद्यार्थीलाई विद्यालय भित्र टिकाउन पनि मुख्य भूमिका देखिन्छ । तर हामी भर्ना मात्रै हैन हामी विद्यार्थीलाई विद्यालय भित्र टिकाउन समेत प्रयास गरिरहेको बताए ।
उम्मेदवारी दर्ता गराएका दलका उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेका छन् ।