काठमाडाैं : एकदिवसी सिरिजको दोस्रो खेलमा नेपालले जिम्बाबे एविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले पावल प्लेमै ५ विकेट लिँदै जिम्बाबेमाथि दबाब बनाएको छ ।

नेपाललाई उत्कृष्ट सुरुआत दिलाउने क्रममा फास्ट बलरद्वय करण केसी र सोमपाल कामीले उत्कृट बलिङ गरे। इनिङको पहिलो बलमै विकेट लिएका करणले ५ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने सोमपालले ४ ओभरमा ११ र खर्चेर २ विकेट लिएका छन्।

ताजा अवस्थामा ९ ओभरको समाप्तिमा जिम्बाबे एले २८ रन बनाउँदा ५ विकेट गुमाएको छ।

२०७९ बैशाख २४, शनिबार ०९:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय