कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको सोमवार राति मृत्यु भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हृदयघातका कारण निधन भएको बताइएको छ ।

महाराजगञ्जका निर्वाचन अधिकृत कुवेर पाण्डेले उम्मेदवारको मृत्युबारे आफूहरुलाई बिहान लिखित जानकारी आएको बताए ।

उनले कुर्मीको निधनको जानकारी आफूहरूले निर्वाचन आयोगमा गराइसकेको भन्दै आयोगको निर्देशन आफूहरूले कुरेर बसेको बताए ।

कुर्मी महाराजगन्ज नगरपालिका–२, गैडहवाकी बासिन्दा हुन् । यसभन्दा अगाडी कपिलवस्तुमा बुद्धभूमि नगरपालिका वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि मृत्यु भएको थियो ।

२०७९ बैशाख २७, मंगलवार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय