जनकपुरधाम : धनुषाको कमला नगरपालिकाका एक वडाध्यक्षका उम्मेदवार आफैँ गाडीमा दारु लिएर बाँडदै गर्दा रँगेहात पक्राउ परेका छन् ।

कमला नगरपालिकाको वडा नम्बर ५ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका नेकपा (समाजवादी) कलम छापका उम्मेदवार शिवा पासवानले आफैँ गाडीमा दारु लोड गरी लैजाँदै गर्दा रँगेहात पक्राउ परेका छन् ।

सोमबार साँझ करिब ८ बजेको समयमा वडावासीलाई दारु बाँडन लैजाँदा गर्दा युवाहरुले रँगेहात पक्राउ गरेका छन् ।

उनी आफैँ गाडीमा बसेर पछाडी पिकअपमा ब्रिक्स नामक दारु लोड गरी बैनर सहित बाँडन लैजाँदा गर्दा बाटोमै पक्राउ परेका हुन् । उनले सो क्रममा दारु आफ्नो नरहेको प्रतिक्रिया दिएका छन् ।

एक पसलेबालाको लागि दारु मात्र लोड गरिएको बताएपनि गाडीमा उनले नै आफू दारु लोड गरी वितरणको लागि लैजान गरेको देखिएको छ । अगाडी उनी आफैँ बसेका छन् ।

हर्नुहोस भिडियो !

२०७९ बैशाख २७, मंगलवार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय