
जनकपुरधाम : धनुषाको सबैला नगरपालिका – १० का अन्दाजी ५० बर्षकी राज कुमार काफर निजको श्रीमती खाना पकाने क्रममा अचानक ग्यास सिलिन्डर बिस्फोट हुनपुग्दा उक्त दुर्घटनामा परेर शरिरको विभिन्न अंगहरु जल्नुपुग्दा सक्त घाइते भएको छ।
उहाँको अव्यवस्था लाई मध्यनजर राख्दै थप उपचारको लागि हस्पिटल भर्ना भएको छ। बिपन्न परिवार भएको कारणले उपचारको लागि पारिवारिक आर्थिक स्रोतको कुनै त्यस्तो तत्कालीन भरपर्दो अवस्था नभएको हुनाले उपचारमा लाग्ने रकमको लागि घाइतेका श्रीमान् राज कुमार कापरले सामाजिक संन्जाल र मिडिया र विभिन्न संघ संस्था मार्फत आर्थिक सयोगका लागि अपील गरेका थिए ।
उक्त अपिललाई निकै ध्यानाकर्षण गर्दै युवा समाजसेवी बिजय कुमार मण्डलका अध्यक्षतामा साथै नेतृत्वमा मलेसियाको विभिन्न शहरमा र साथै YHI Company मा कार्यरत सहयोगी मन भाबनाका नेपाली दाजुभाइ लगायत अन्य मुलुक म्यानमार,बंगलादेश, भियतनाम र स्थानीय मलेसियन नागरिकहरुले पनि सहयोगको हात बडाउनु भएको छ, उहाँहरुले मलेसियन रिङ्गेट -५, १०, १५, २०,र ५० गरेर जम्मा नेपाली रुपैयाँ २० बीस हजार ५०० सय नगद सयोग गरिएको छ ।
उहाँको यो अभियानलाई आत्मसात गर्दै सहयोगी हात बढाई साथ सहयोग गर्नु हुने समाजसेवी मनकारी युवाहरु सुलिन्द्र कुमार मण्डल , मुकेश मण्डल ,हेम चन्द्र मण्डल, अमित मण्डल र धिरज कुमार मण्डल उहाँहरु सबैले बिरामीको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गरेर उदारता देखाउनु भएकोमा बिजय कुमार मण्डलले आफ्नो व्यक्तिगत हिसाबले पनि सबैमा हार्दिकताको साथ सम्झदै धन्यवाद व्यक्त गरे।
साथै मलेशियामा अरु धेरै दाजुभाइहरुले यो अभियानमा सहयोग पुर्याउनुभएका सम्पुर्ण मानुभाबहरु प्रति पनि सम्झदै कुराकानीको क्रममा खुशीका साथ आभार व्यक्त गरे।