
रुकुम : रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडानम्बर १० मा बुधबार राति माओवादी केन्द्रका उम्मेदवार कुटिएका छन् । कांग्रेसका कार्यक्रताले माओवादीका वडा सदस्यका उम्मेदवारसहित पाँच जनामाथि कुटपिट गरेका छन् । मााओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढासहित जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् ।
अरु वडाका मान्छेहरु समेत बोलाएर कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेशमान डाँगी नेतृत्वको टोलीले आफूहरुमाथि कुटपिट गरेको घाइते वडा सदस्य बुढाले बताए । कांग्रेस कार्यकर्ताले माओवादी केन्ऽको तर्फका वडाध्यक्षका उम्मेदवार वीरेन्द्र रोकाय र सौगात रोकायलाई ४/५ घण्टा बन्धक बनाएका थिए । पछि नेपाल प्रहरी र सशस्त्रप्रहरीले उनीहरूलाई उद्दार गरेको थियो ।
प्रहरीले कांग्रेसको वडाध्यक्षका उम्मेदवार डाँगी र माओवादीको वडाध्यक्ष उम्मेदवारलाई चौरजहारी लिएर छाडेको छ । कांग्रेसले भने माओवादी कार्यकर्ताहरू ले पैसा बाँडेको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताएको छ । प्रहरी चौकी सर्केनाबाट खटिएको प्रहरी टोलीले कांग्रेस कार्यकर्ताले घरभित्रथुनेर राखेको अवस्थामा हतियारसहित माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिएको काग्रेसको दाबी छ ।
नेपाली कांग्रेसका डिल्ली केसी, लालबिर ओली र डायमन केसीसमेत घाइते भएको कांग्रेसले जिल्ला सभापति प्रेमप्रकास वलीले बताए । घटनामा घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।