सप्तरी : सप्तरीको एक मतदानस्थलमा तोडफोड भएपछि मतदान स्थगित भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरू तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

कुटपिटबाट मतदान अधिकृत विपीन यादव घाइते भएका छन्। उनको राजविराज स्थानीय गजेन्द्र नारायण अस्पतालमा उपचार भइरहेको छ ।

दुई हजारभन्दा बढी मत खसिसकेपछि केही व्यक्तिले एक्कासि तोडफोड गरी कर्मचारीलाई कुटपिट गरेका थिए ।

२०७९ बैशाख ३०, शुक्रबार १६:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय