अनिल साह,
धनुषा : धनुषाको विदेह नगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार बिहान ३ बजेबाट मतगणना सुरु भएको हो ।
विदेह नगरपालिकामा अहिलेसम्मको मत गणना हुँदा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार बेचन दासले अग्रता लिएका छन् ।
उनले ५१ मत पाउँदा एकपा (एस)का उम्मेदवार राज किशोर यादवले ३६ मत पाएका छन् । वडा नम्बर ३ बाट मतगणना सुरु भएको हो ।
हाल सम्म प्राप्त विवरण यस प्रकारका छन् :
सुर्य-५१, कलम -३६, लालटिन -१७, रुख-९, हसिया-९, हर्न-८, छाता-२, साइकल-१, कलश-१, कर्क-१, लौरो-१