महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । नगरपालिकाको वडा नम्बर ८ को मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शम्शेर लामा विजयी भएका छन् ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई नौ मतले पछि पार्दै विजयी भएको निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।

वडा नम्बर ८ मा खसेको कुल २ हजार पाँच सय ६२ मत मध्ये वडा अध्यक्षमा लामाले ७ सय ५३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी रुद्र किङरिङले ७ सय ४४ मत ल्याएको कार्यालयले जनाएको छ ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट राम प्रबोध यादव ३५३ मत,  राष्ट्रिय जनमुक्ति पार्टीबाट  बिशाल राई १४७ मत,  स्वतन्त्रबाट जिवन कुमार लामा ११७ मत र पाली काँग्रेसबाट निर बहादुर सुसलीङ्ग ४३ मत पाएका छन् ।

२०७९ बैशाख ३१, शनिबार १४:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय