सर्लाही : मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादब विजयी भएका छन् ।

मतगणनामा सहभागि स्रोतका अनुसार ४५ वर्षीय नवलकिशोर ४२३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक अन्तिम मतपरिणाम भने आउन बाँकी छ । त्यहाँ वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए । वडाध्यक्षको उम्मेद्वारमा दुईजना मात्र थिए ।

मेयरतर्फ भने कांग्रेसका नागेन्द्र प्रसाद रायको अग्रता देखिएको मतगणनामा सहभागी एक नेताले बताए । अहिले वडा २ र ३ को मतगणना चलिरहेको छ ।

२०७९ बैशाख ३१, शनिबार १५:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय