महोत्तरी :  महोत्तरीको बर्दिबास नगरपालिकामा मतगणनामा धाँधली गरेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रेपछि पुनः गणना सुरु भएको छ ।

निर्वाचन कार्यालय बर्दिबासले मतगणना सकेको करिब ३ घण्टा पछि माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडा न.८ का वडा अध्यक्षमा विजयी भएको घोषणा गरेपछि विवाद उत्पादन भएको थियो ।

मतगणनाको अन्तिम परिमाण सम्म  नेकपा एमालेका उम्मेद्वार रुद्र किङरिङ्ग अग्रता लिएको र नतिजा प्रकाशन गर्ने बेला सिंहलाई एकाएक वडा अध्यक्षमा विजयी घोसणा गरेको एमालेका नेता अनिल थापाले आरोप लगाए ।

bardibas_nepalvani1

माओवादी केन्द्रले पाएको ९ मत नेकपा एमालेको भएको दावी गर्दै विजयी नेकपा एमाले नै हुनुपर्ने भन्दै पुनः गणनाको माग गरेको थियो ।

निर्वाचन अधिकृतले घोषणा गरेको मतअनुसार समसेर सिंह लामाले ७५३ मत र रुद्र किङ्गरिङ्गले ७४३ मत प्राप्त गरेका छन ।

भिडियो हेर्नुहोस् !


२०७९ बैशाख ३१, शनिबार १९:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय