बर्दिबास: महोत्तरीको बर्दिबासमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्री ११ मतले अग्रता लिएका छन् ।

वडा नम्बर ८ बाट मतगणना सम्पन्न भएको छ । वडा नं. ८ को मतगणना सम्पन्न हुँदा स्वतन्त्र उम्मेदवार क्षेत्रीले ७ सय ५७ मत पाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएका टेकबहादुर बलम्पाकीले ७ सय ४६ मत पाएका छन् ।

मतगणना अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट मेयर पदका उम्मेदवार राजु खड्काले ५ सय मत पाएका छन् ।

त्यस्तै वडा नं ८ मा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार चिरन्जीवी हमाल कमजोर देखिएको छ । वडा नं. ८ को मतगणना सम्पन्न हुँदा हमालले ३४ मत मात्र पाएका छन् ।

२०७९ बैशाख ३१, शनिबार २०:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय