धनुषा: विदेह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मेयर पदका उम्मेदवार बेचन दास २१४ मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मत परिमाण अनुसार दासले ८९९ मत प्राप्त गरेका छन् ।

दासको निकट प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)बाट राजकिशोर रोहिता यादवले ६८५ मत प्राप्त गरेका छन ।

त्यसतै एमालेबाटै उप-मेयर पदमा उम्मेदवारी दिएका आशा देवी झा पनि ११४० मत प्राप्त गरेर अग्रता लिएको छ ।
उप-मेयर पदका उम्मेदवार झाकी निकट प्रतिद्वन्द्वी संजना अधिकारीले ५७३ मत प्राप्त गरेका छन् ।

त्यसतै स्वतन्त्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका गोबिन्द साह ३४० मत प्राप्त गरेका छन ।

त्यस्तै नेपाली कांग्रेसबाट उप-मेयर पदका लागि उम्मेदवारी दिएका सिमाकुमारी महतो २८८ मत प्राप्त गरेका छन् ।

२०७९ जेष्ठ १, आईतवार १४:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय