बर्दिबास :  महोत्तरीको बर्दिवास-१ मा फेरी  स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

वडा नं. १ मा स्वतन्त्रबाट वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका  भोला खड्का ८९६ मत प्राप्त गरी विजयी भएका छन्।

उनको प्रतिद्वन्द्वी एमालेबाट बाबुकाजी चौलागाईले  ४७२ मत प्राप्त गरेका छन् ।

त्यस्तै,  स्वतन्त्रबाट निरज अघिकारिले ४३२ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रबाट हरी प्रसाद पौडेलले ३७१ मत प्राप्त गरेका निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जनाएको छ ।

बर्दिबास नगरपालिकामा वडा. नं. १ , ७ र ८ को मतगणना सम्पन्न भएको छ ।  वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल) र वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंह विजयी भएका छन् ।

२०७९ जेष्ठ १, आईतवार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय