जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार जोगी महतोसहित निर्वाचित उम्मेदवारहरुले विजयी र्याली निकालेका छन् । देशमा संघीयता कार्यन्वयन पश्चात भएको दोस्रो स्थानीय तहको निर्वाचतअन्तर्गत काँग्रेसबाट वडाध्यक्ष पदमा महतोसहित निर्वाचित उम्मेदवारहरुले विजयी ¥याली निकालेका हुन् ।

निर्वाचित उम्मेदवारहरुले प्रत्येक घर–घरमा गएर धन्यावद ज्ञापन गर्दै आशिर्वाद लिए । ¥यालीको क्रममा निर्वाचित उम्मेदवारहरुलाई गाउँलेले समेत अबिरमाला तथा गमछा ओढाएर सम्मान गरे । काँग्रेसबाट वडा नम्बर १ को अध्यक्ष महतो, सदस्यहरुमा पर्शुराम चौधरी र जयनारायण यादव, महिला सदस्यमा ललितादेवी महतो र दलित महिला सदस्यमा बबितादेवी दास निर्वाचित भएका छन् ।

नेपाली काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका वडाध्यक्षका उम्मेदवार महतोले ७३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका छन् ।

महतो निर्वाचित भएको वडा एमालेका मेयर उम्मेदवार राजाराम महतोको गाउँ हो । यस वडामा अधिल्लो पटक एमालेका लक्ष्मी महतो वडाध्यक्षमा विजयी भएका थिए ।

नेपाली काँग्रेसका युवा नेता पार्टी क्षेत्रीय सचिव बुधेश्वर महतोका अनुसार ३५ वर्षपछि यस क्षेत्रमा नेपाली काँग्रेसले विजयी प्राप्त गरेको छ । यतिका वर्षपछि जित्दा नेताकार्यकर्ता समर्थकलगायत सबै खुशी देखिएका छन् । काँग्रेसी कार्यकर्ता एकजुट भएकै कारण यो जित सम्भव भएको उनले बताए । गत स्थानीय तहको निर्वाचनहरुमा काँग्रेसको मत विभाजन हुँदा काँग्रेसले चुनावमा पराजय भोग्दै आएको थियो । तर यस पटक स्थिति फेरिएको छ । सबै काँग्रेसी एक ढिक्का भएको बुधेश्वरले भने ।

बुधेश्वरले भने, वडामा एमालेले आधिपत्य जमाइसकेको तथा एमालेबाट मेयरका उम्मेदवार राजारामको घरसमेत रहेको वडामा काँग्रेसले जित चुनौतीपूर्ण थियो । तर सबैको सहयोगले जित सम्भव भयो र आज उसैको गाउँमा विजयी ¥याली गरेका छौं ।

यसैगरी नव निर्वाचित वडा अध्यक्ष जोगीले मतदाता, समर्थक पार्टीका कार्यकर्तालगायत जित दिलाउन हरसम्भव प्रयास गरेका सबैलाई धन्यावाद ज्ञापन गरे ।

२०७९ जेष्ठ १, आईतवार २१:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय