धनुषा (तिन्कोरिया) : विदेह नगरपालिका वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) ६५ मतले विजयी भएका छन् ।

निर्वाचन कार्यालय विदेहका प्रमुख अर्जुन भण्डारी अनुसार राम श्रेष्‍ठ मुखियाले ४६६ मत प्राप्त गरेका छन् । भने उनको प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शत्रुधन रायले ४०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट इन्द्र कुमार झाले ३९० मत , नेपाली कांग्रेस बाट विल्टु रायले ३४२ मत, जनमत पार्टी (जपा)बाट सुधिर मुखियाले ६९ मत, जनता समाजवादी पार्टी, नेपालबाट कुला नन्द झाले ५८ मत र तराइ-मधेश लोकतान्त्रिक पार्टीबाट देबेन्द्र सहनीले २९ मत प्राप्त गरेका छन् ।

अहिले विदेह नगरपालिकामा वडा नं १, २, ३ र ४ को मतगणना सम्पन्न भएको अधिकृत भण्डारीले जनाएको छ ।


२०७९ जेष्ठ १, आईतवार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय