बर्दिबास : बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार प्रहलाद कुमार क्षेत्रीले निरन्तर अग्रता बढाएका छन ।

पछिल्लो मत परिणाम अनुसार क्षेत्रीले ४ हजार ३ सय ७६ मत ल्याएर अग्रता कायम राखेका छन् ।

मेयर पदका स्वतन्त्र उम्मेदवार क्षेत्रीलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का राजु खड्काले २ हजार १८ मत ल्याएर पछ्याई रहेका छन ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का टेक बहादुर बलम्पाकीले १ हजार १ सय २८ मत ल्याएका छन ।

त्यस्तै, उपमेयरमा क्षेत्रीकै पेनलबाट स्वतन्त्र उम्मेदवारी दिएका तारा महतोले २ हजार ८ सय २५ मत , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कृष्ण माया गौतमले १ हजार ९ सय ३ मत र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गा कुमारी दहालले १ हजार ६ सय २३ मत ल्याएकी छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १ , ७, ८ र १४ को मतगणना सम्पन्न भएको छ ।

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्का ८९६ मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल) ७२७ मत प्राप्त गरी विजयी, वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंह ७५१ मत प्राप्त गरी विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो ५०८ मत प्राप्त गरी विजयी भएका छन् ।


२०७९ जेष्ठ २, सोमबार ०७:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय