ramashya sah_ sarlahi_dhankaul_adhyskha

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रामआश्रय साह निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका फकिरा महतोलाई एक हजार ९९ मतले पछि पार्दै साह गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

साह गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन् । साहले चार हजार ४७७ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका महतोले तीन हजार ३७८ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अकली सहनी चार हजार ५०४ मत ल्याएर निर्वाचित भएकी छन् । सहनी पनि गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी निलम देवी सहनीले तीन हजार २२५ मत मात्रै पाएकी छन् ।

सातवटा वडा रहेको धनकौलमा नेपाली कांग्रेस चार, नेकपा माओवादी केन्द्र दुई र नेकपा एमाले एउटा वडाको वडाध्यक्षमा निर्वाचित भएका छन् ।


२०७९ जेष्ठ २, सोमबार ०८:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु