बर्दिबास : महोत्तरीको बर्दिबास वडा नं. १३ मा पनि स्वतन्त्र उम्मेदवाले नै बाजी मारेका छन् ।

वडा नं. १३ मा स्वतन्त्रबाट वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका लक्ष्मण सिंहले ३१ मतको फरकले विजयी भएका छन् । विजयी महतोले ४३३ मत प्राप्त गरेका छन्।

उनको निकट प्रतिद्वन्द्वी नेपाली एमालेबाट मनिष समालले  ४०२ मत प्राप्त गरेका छन् ।

त्यस्तै,  लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट श्याम प्रसाद राउतले ३५८ मत, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)बाट श्याम प्रसाद मगरले ३१४ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट धनराज लामा मोक्‍तानले २१० मत, जनमत पार्टी (जपा)बाट
सुनीता देवी महतोले ४६ मत, नेपाली कांग्रेसबाट हिरालाल महतो कोइरीले २६ मत , जनता समाजवादी पार्टीबाट राज कुमार महतोले १४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ओम प्रसाद लुंगेलीले ४ प्राप्त गरेका बर्दिबासका निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जनाएको छ ।

बर्दिबास नगरपालिकामा वडा. नं. १ , ७, ८, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्का ८९६ मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल) विजयी, वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंह विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।

२०७९ जेष्ठ २, सोमबार १९:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय