काठमाडौं : भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ।

मंगलबार बिहानसम्म १७ हजार ३४ मत गणना हुँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल ३० मतले अगाडि छन्। उनले पाँच हजार ७१८ मत पाएकी छन्।

त्यस्तै, उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले पाँच हजार ६८८ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल दुई हजार ७८८ मत पाएका छन्।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अगाडि छन्। उनले ६ हजार ९८२ मत पाएका छन् भने विपक्षी गठबन्धनबाट राप्रपाकी उम्मेदवार हिमला गुरूङले चार हजार ६२८ मत पाएकी छन्।

२०७९ जेष्ठ ३, मंगलवार ०६:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय