बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्रीको घोडाको दौडले जित सुनिस्चित गरेको छ।
क्षेत्रीले हाल सम्मको मतगणनामा अन्य उमेदवारको तुलनामा आफ्नो अग्रता कायम राखेका छन् । मतगणना हुन बाकि रहेको स्थानहरुमापनी क्षेत्रीकै अग्रता रहेको मतदाताहरुको भनाई छ।

एक मतदाताका अनुसार बिगतका दिनमा हामीले कामगर्न जिताएका राजनितिक दलका नेताहरुले मिठा सपना देखाएर जनतालाई झुक्याए त्यसैले अब कामगार्ने मान्छे चाहिएकोले घोडा छापलाई रोजेको हौ उनले भने त्यसैगरी बर्दिवास नगरपालिकाको हालको ताजा अपडेटमा पनि निकटतम प्रतिद्वन्द्वी भन्दा क्षेत्री भारी मतले अग्रस्थानमा छन ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २, ३, ७, ८, १२, १३ र १४ को मतगणना सम्पन्न हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लाद छेत्रीले ७८३० मत, मावोबादी केन्द्रका राजु खड्काले ४०९५ मत र एमालेका टेक बहादुर बलम्पाकिले २४८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा प्रह्लाद छेत्री पेनलकै स्वतन्त्र उम्मेदवार तारादेवी महतोले ५२५२ मत, मावोबादी केन्द्रका कृष्णमाया गौतमले ३९१४ मत र एमालेका दुर्गा दाहालले ३४८५ मत प्राप्त गरेका छन् ।

बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका छन जस्मध्ये ३१ हजार ६१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल मतबाट बर्दिबासमा ७१.११ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।

२०७९ जेष्ठ ३, मंगलवार २०:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय