बर्दिबास : महोत्तरीको बर्दिबास -५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवारी दिएका काहार मान स्याङ्गवाले १६९ मतको फरकले विजयी भएका छन् ।

विजयी स्याङ्गवाले १००६ मत प्राप्त गरेका छन् । उनको निकट प्रतिद्वन्द्वी नेपाली मावोबादी केन्द्रका निर कुमार थापाले ८३७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका लोकेन्द्र राज पौडेल ४३० मत,राष्ट्रिय प्रजातन्त्रपार्टीका शिव प्रसाद घिमिरे ४३ मत, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का मोतीलाल गौतम ७ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २,३,४,५, ७, ८, १२, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्काले ८९६ मत प्राप्त गरी विजयी, वडा नं. २ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट धिरेन्‍द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी, वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विराट कुमार विष्‍टले १५१५ मत प्राप्त गरी विजयी, वडा नं. ४ मा नेपाली कांग्रेसबाट अक्कल बहादुर तमाङले ६१८ मत प्राप्त गरी विजयी, वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल)ले ७२७ मत प्राप्त गरी विजयी, वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७५१ मत प्राप्त गरी विजयी, वडा नं. १२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट रामकिशोर साह ५०३ मत प्राप्त गरी विजयी, वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।

२०७९ जेष्ठ ४, बुधबार १३:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय