बर्दिबास : महोत्तरीको बर्दिबास -११ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका पूर्ण वहादुर बलले ९३ मतको फरकले विजयी भएका छन् ।

विजयी बलले ८१६ मत प्राप्त गरेका छन् । उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्योती लाल स्याङतानले ७२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, प्रहलाद कुमार क्षेत्रीकै पेनलबाट स्वतन्त्र उम्मेदवार वोध वहादुर कटुवालले ६७८ मत प्राप्त गरेका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २,३,४,५, ७, ८, ११, १२, १३ र १४ को मतगणना सम्पन्न भएको छ ।

बर्दिबासका वडामा विजयी भएका विवरण :

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्काले ८९६ मत प्राप्त गरी विजयी,
वडा नं. २ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट धिरेन्‍द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी,
वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विराट कुमार विष्‍टले १५१५ मत प्राप्त गरी विजयी,
वडा नं. ४ मा नेपाली कांग्रेसबाट अक्कल बहादुर तमाङले ६१८ मत प्राप्त गरी विजयी,
वडा नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काहार मान स्याङ्गवाले १००६ मत प्राप्त गरी विजयी,

वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल)ले ७२७ मत प्राप्त गरी विजयी,
वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७५१ मत प्राप्त गरी विजयी,

वडा नं. १२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट रामकिशोर साह ५०३ मत प्राप्त गरी विजयी,
वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र
वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।

२०७९ जेष्ठ ४, बुधबार १७:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय