जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका मेयर प्रत्यासीको घरमा चोरी भएको छ ।

नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रबाट मिथिला विहारी नगरपालिकाको मेयर/नगरप्रमुख पदमा प्रत्यासी रहेका सुर्यनारायण मण्डलको घरमा लुटपाट भएको छ ।

मण्डलको जनकपुरधाम उप-महानगरपालिका वडा नं. ८ स्थित नमूना बस्तिको घरमा रात्रिकालिन समयमा चोरी भएको हो । मण्डलको घरमा रहेको दराज, बाक्सको ताल्चा सहितका सामग्री फुटाएर नगन सहित गरगहना लगेको पिडित परिवारले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर चोरहरुले मुख्यद्वार र ढोकाहरुको ताल्चा फुटाई चोरी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

mithila

मण्डलको घरबाट कानमा लाउने गहना, सुनको हार, मंगलसुत्र, पायल, कानको टप, सुनको सिक्रि र नगद सहित १५ लाख बराबरको सामग्री चोरेको लगेको छिमेकी आफन्त देवनारायण मण्डलले जानकारी दिए । मण्डल निर्वाचनको समयमा चुनावी मैदानमा ओर्लिएपछि स-परिवार गाउँ गएको बेलामा भएको चोरीको गम्भिर किसिमले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मिथिला विहारी नगरपालिकामा नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रबाट मेयरमा मण्डलले २ हजार ७ सय ५४ मत ल्याएर शिर्ष स्थानमा छन् । उनको निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका राजेन्द्र यादवको २ हजार ६ सय ४६ मत ल्याएर दोश्रो स्थानमा छ ।

mandal_mithila

२०७९ जेष्ठ ४, बुधबार १८:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय