जनकपुरधाम : रामानन्द सागरद्वारा निर्मित धार्मिक धारावाहिक ‘रामायण’मा सीताकी भूमिकामा अभिनय गरेकी दिपिका चिमोरिया सन्त मोरारी जनकपुरधाममा आउन लागेकी छन् ।

जनकपुरधाममा जेठ ७ गतेदेखि १५ गतेसम्म हुने रामकथा प्रवचन कार्यक्रममा सन्त रामकथा मोरारी बाबुसँग दिपिका पनि जनकपुरधाम आउन लागेकी हुन् ।यो जानकारी जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले दिए ।

रामकथा प्रेमयज्ञ समितिका अध्यक्ष समेत रहेका छोटे महन्थ दासले पत्रकार सम्मेलन गरेर मोरारी बापुद्वारा श्री रामकथा प्रवचन कार्यक्रम जनकपुरधामको तिरहतिया गाछीमा हुने बताए ।

उनका अनुसार सात दिनसम्म हुने रामकथामा नेपाल भारत लगायत विभिन्न ठाउँबाट प्रतिदिन १० हजार बढी श्रद्धालुहरु सहभागी हुने छन् ।

ramayans-sita-aka-dipika-chikhlia-is-nepalvani-janakpurdham2

२०७९ जेष्ठ ४, बुधबार २०:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय