काठमाडौं :  काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार २ सय ३७ मत पाएका छन्।

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ९ हजार ५ सय १७ मत प्राप्त गरेका छन्। स्थापितभन्दा शाह ८ हजार ७ सय २० मतले अगाडि छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ५ सय ३७  मत प्राप्त गरेकी छिन् ।

त्यस्तै उपमेयरमा, एमालेबाट सुनिता डंगोल १५ हजार ६ सय ७४ मत प्राप्त गरेकी छिन्  । उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का रामेश्वर श्रेष्ठ ५ हजार १५ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनिता मगैयाले ३ हजार ४ सय ४९ मत प्राप्त गरेकी छिन् ।

kathmandu

२०७९ जेष्ठ ४, बुधबार २०:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय