prahlad_kshetree_tara_mahato_bardibas napa-nepalvani

बर्दिबास :  महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा  स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्री  निर्वाचित भएको छ ।

विहीबार सम्पन्न मतगणनामा नेकपा (मावोबादी केन्द्र)का उम्मेदवार राजु खड्कालाई ५ हजार८ सय ८७ मतान्तरले पराजित गर्दै क्षेत्री मेयरमा निर्वाचित भएको हो ।

क्षेत्रीले १४ हजार २ सय १० मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी मावोबादी केन्द्रका खड्काले ८ हजार ३ सय २३ मत,  नेकपा (एमाले)का  टेक बहादुर बलम्पाकीले ३ हजार ५ सय २६ मत, नेपाली कांग्रेसका चिरंजीवी हमालले १२६३ मत, जनमत पार्टी (जपा)का विनोद कुमार महतोले ४२९ मत, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का भीमबहादुर आले २८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका हर्क वहादुर तामाडली १२७ मत, जनता समाजवादी पार्टी, नेपालका ललिता कुमारी महतोले ७४ प्राप्त गरेका छन् ।

निर्वाचित क्षेत्री नेपाली कांग्रेसका बागी उम्मेदवार हुन्  । धेरै पहिला देखि मेयरका लागि तयारी गर्दै आएका क्षेत्रीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका थिए  । यसअघिको निर्वाचनमा क्षेत्री मेयर पदमा नेपाली कांग्रेसबाट पराजित भएको थियो । क्षेत्री नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका थिए ।

त्यस्तै उपप्रमुखमा  प्रहलाद कुमार क्षेत्रीकै पेनलबाट स्वतन्त्र उम्मेदवार तारादेवी महतो निर्वाचित भएको छ । निर्वाचित महतोले ९७२६ मत प्राप्त गरेका छन् ।  उनको निकटतम प्रतिद्वन्द्वी मावोबादी केन्द्रका कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गरेका छन् ।  त्यस्तै,  एमालेका दुर्गा दाहालले ४८०३ मत, नेपाली कांग्रेसका अमिना कुमारी महतोले १७८५ मत, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का कमली माया वाईवाले १३७० मत, जनमत पार्टी (जपा)का रन्जना देवी ४५७ मत प्राप्त गरेका छन्  ।

निर्वाचित महतो यसअघिको निर्वाचनमा उपमेयर पदमा नेपाली कांग्रेसबाट पराजित भएको थियो ।

यो पनि हेर्नुहोस् !

बर्दिबास नगरपालिका कुन वडामा को जिते ? हेर्नुहोस् :

prahalad1

२०७९ जेष्ठ ५, बिहीबार १९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय