सिरहा : सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

समाजवादीका केदार यादव अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसकी निलम यादव विजयी भएका छन्। अध्यक्ष यादव ०७४ मा नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। पार्टी विभाजनपछि उनी एकीकृत समाजवादीमा गएका थिए।

उनी २६ मत अन्तरले विजयी भएका हुन्। उनले ३ हजार ४०७ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सत्रुधनप्रसाद साहले ३ हजार ३८१ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत पाइन्।

यहाँ वडा १ र २ मा कांग्रेस, ३ र ५ एकीकृत समाजवादी र ४ जसपाका उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन्।

२०७९ जेष्ठ ५, बिहीबार १८:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय