बर्दिबास : निर्वाचन आयोगले विजयी घोषणा गरेपछि भेटिएको सिलबन्दी बाकसको मत गणना गर्दा दुवै उम्मेदवारको मत बराबर भएको थियो ।

छुटेका बक्सको मत गन्दा दुवै उम्मेदवारको मत समाना ७६७ पुगेको थियो । त्यसपछि गोलाप्रथाबाट नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा निर्वाचित भएको छ ।

तीन दिनअघि महोत्तरीको बर्दिबास नगरपालिका–८ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा निर्वाचित भएको घोषणा गरिएको थियो। उनले ७५३ मत पाएका थिए भने प्रतिस्पर्धी नेकपा (एमाले) का रुद्र किङरिङले ७४४ मत पाएका थिए ।

यो पनि पढ्नुहोस् !

विजयी घोषणापछि भेटिएको बाकसको मतगणना, दुवै उम्मेदवारको बराबर मत

महोत्तरीमा मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका

बर्दिबास ८ मा माओवादी केन्द्रका शम्शेर लामा विजयी

 

२०७९ जेष्ठ ५, बिहीबार १८:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय