बर्दिबास : महोत्तरीको बर्दिवास नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।
नगरप्रमुख स्वतन्त्रबाट प्रहलाद कुमार क्षेत्री र उपप्रमुखमा क्षेत्रीकै पेनलबाट स्वतन्त्र उम्मेदवारी दिएका तारादेवी महतो निर्वाचित भएका छन् । क्षेत्रीले १४ हजार २ सय १० मत प्राप्त गरेका छन् । उपमेयरमा निर्वाचित महतोले ९७२६ मत प्राप्त गरेका छन् ।

बर्दिवास नगरपालिकाको वडाहरुको मतपरिणाम यस्तो छ :

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्काले ८९६ मत प्राप्त गरी विजयी,
वडा नं. २ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट धिरेन्‍द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी,
वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विराट कुमार विष्‍टले १५१५ मत प्राप्त गरी विजयी,
वडा नं. ४ मा नेपाली कांग्रेसबाट अक्कल बहादुर तमाङले ६१८ मत प्राप्त गरी विजयी,

वडा नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काहार मान स्याङ्गवाले १००६ मत प्राप्त गरी विजयी,
वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट पदम बहादुर आलले ८४७ मत प्राप्त गरी विजयी,
वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल)ले ७२७ मत प्राप्त गरी विजयी,

वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७६७ र नेकपा एमालेका रुद्र वहादुर किंगरिंग मगर पनि ७६७ मत प्राप्त गरी पछि, गोलाप्रथाबाट सम सेर सिंह विजयी,

वडा नं. ९ मा लोसपाबाट घुरन महतोले ७७६ मत प्राप्त गरी विजयी,
वडा नं. १० मा नेपाली कांग्रेसबाट प्रमोदकुमार मोक्तान ले ९५८ मत प्राप्त गरी विजयी,
वडा नं. ११ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट पूर्ण वहादुर बल ८१६ मत प्राप्त गरी विजयी,

वडा नं. १२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट रामकिशोर साह ५०३ मत प्राप्त गरी विजयी,
वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र
वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।

यो पनि हेर्नुहोस् !

बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्रबाट क्षेत्री र उपमेयरमा महतो विजयी

२०७९ जेष्ठ ५, बिहीबार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय