जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका हुन् ।

निर्वाचित महतोले ७ हजार ३१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन् ।

त्यसैगरी उपमेयरमा पदमा भने नेकपा एमालकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन् ।

उपमेयरमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेकी छिन् भने कांग्रेसकी कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन् ।

२०७४ सालको चुनावमा मिथिला नगरपालिकामा मेयर र उपमेयरसहित बहुमत वडाध्यक्ष नेकपा एमालेले जितेको थियो । यसपटक पार्टीभित्रबाटै अन्तरघात भएपछि नेतृत्वमा पार्टीले हार व्यहोर्नु परेको मेयरका प्रत्यासी राजाराम पक्षको आरोप छ ।

११ वटा वडा रहेको मिथिला नगरपालिकामा यसपटक पाँचवटा वडामा नेकपा एमाले, चारवटामा नेपाली कांग्रेस र दुईवटा वडामा नेकपा एकिकृत समाजवादीले जितेको छ ।

२०७९ जेष्ठ ६, शुक्रबार २०:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय