रौतहट : रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो । एक समूहे मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भएको थियो ।

प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ । अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जनाएको छ ।

 

२०७९ जेष्ठ ७, शनिबार ०७:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय