रौतहट : रौतहटको कहटरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अजय प्रकाशले २ हजार ५ सय ९५ मत अन्तरले विजयी भएका हुन् । उनले ७ हजार १ सय ७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सियारामप्रसाद कुशवाहाले ४ हजार ५ सय ७७ मत पाए । कुशवाहा निवर्तमान नगर प्रमुख हुन् ।

२०७४ मा भएको स्थानीय तह निर्वाचनमा कुशवाहा नेकपा माओवादीबाट विजयी भएका थिए । यसपालि एमाले प्रवेश गरेर नगरप्रमुखमा पुन: उम्मेदवारी दिएका थिए । निर्वाचित नगरप्रमुख अजय अघिल्लो निर्वाचनमा कुशवाहासित पराजित भएका थिए । यसपटक उनले कुशवाहालाई पराजित गरे ।

नगर उपप्रमुखमा कांग्रेसकै रिता देवी विजयी भइन् । रिताले ७ हजार ५ सय २० मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुन्ती देवीले ४ हजार ५ सय ३७ मत पाइन् ।

९ वटा वडा रहेको कटहरिया नगरपालिकामा १ मा समाजवादीका वडाअध्यक्ष निर्वाचित भएका छन् । २, ३, ४ र ६ वडाहरुमा नेकपा एमाले र ५, ७, ८ र ९ नम्बर वडामा नेपाली कांग्रेसका वडाअध्यक्षहरु विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कटहरियाले जनाएको छ ।

२०७९ जेष्ठ ७, शनिबार ०७:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय