गौर : रौतहट जिल्लाको राजदेवी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भिखारी यादवले पद भार ग्रहण गरेकै दिन नगरपालिका बाट एम्बुलेन्स खरिद गर्न निर्णय गरेका छन् ।

पहिलो पटक निर्वाचित भएका मेयर धिरेन्द्र कुमार सिंहले आफ्नो कार्यकालमा गर्न नसकेका कार्य नव निर्वाचित मेयर यादवले पहिलो दिन नै जनताको स्वास्थ्य सेवाको लागि एम्बुलेन्स खरिद गर्न आदेश गरेका हुन् ।

शपथ ग्रहण पश्चात पद भए ग्रहण गर्न गएका मेयर यादवले कर्मचारीहरुलाई सम्वोधन गर्दै आफू जनताको मालिक बनेर होइन सेवक बनेर काम गर्न इच्छुक रहेकोले जनतालाई सहयोग गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए । उनले भने विगत ३० वर्ष देखि जनता सेवामा रहेर कार्य गर्दै आएको परिश्रमको फल स्वरुप नगरवासीले यो जिम्मेवारी दिएका छन् ।

जनताले दिएको जिम्मेवारी इमान्दारिता पूर्वक निर्वाह गर्ने समेत प्रतिवद्धता जनाए । जनताको कार्यको लागि जुन सुकै बेला तयार रहने बताउँदै मेयर यादवले जनताले छानेको योजनालाई प्राथमिकतामा राखेर हिड्न समेत कर्मचारीहरुलाई आग्रह गरे । नगरपालिकाको विकासको लागि कर्मचारीहरुको भूमिका अपरिहार्य भएकोले सहयोग गर्न अपिल गर्दै जनताको कार्यमा ढिला सुस्ती नगर्न समेत निर्देशन दिए । नगर उपप्रमुख , वडा अध्यक्ष , वडा सदस्यहरुको शपथ ग्रहण सोमबार हुने समेत मेयर यादवले जनाएको छ ।

२०७९ जेष्ठ ७, शनिबार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय