जनकपुरधाम : नेकपा एमालेका सचिव रघुवीर महासेठको गृहपालिका धनुषाको मिथिला बिहारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस निर्वाचित भएको छ। नगरपालिकाको मेयरमा कांग्रेसका राजेन्द्रप्रसाद यादव निर्वाचित भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अनिलकुमार यादवलाई पराजित गर्दै राजेन्द्र मेयरमा निर्वाचित भएका हुन्। अनिल मिथिला बिहारी नगरपालिकाका निवर्तमान मेयरसमेत हुन्।

मेयरमा निर्वाचित राजेन्द्रले ४ हजार ३०४ मत ल्याउँदा अनिलले ४ हजार ९४ मत प्राप्त गरेका छन्।

नगरपालिकाको उपमेयरमा भने माओवादी केन्द्रकी शोभादेवी साह निर्वाचित भएकी छन्। नेकपा(एकीकृत समाजवादी) की अनिताकुमारीलाई पराजित गर्दै शोभादेवी उपमेयरमा निर्वाचित भएकी हुन्।

शोभाले ३ हजार ३३० मत ल्याउँदा अनिताले २ हजार ७९७ मत प्राप्त गरेकी छन्।

मिथिला बिहारी नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेको थियो। कांग्रेसले मेयर र एकीकृत समाजवादीले नगरपालिकाको उपमेयर पाएको थियो।

मधेस इञ्चार्जसमेत रहेका महासेठको गृहपालिका मिथिला बिहारी नगरपालिकाको १० मध्ये एमालेले एउटा वडासमेत जित्न सकेन।

महासेठ र उनकी पत्नी एमाले नेतृ जुली महतोले मतदान गरेको जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ९ मा समेत एमाले तेस्रो भएको थियो।

२०७९ जेष्ठ ७, शनिबार १०:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय