महोत्तरी : महोत्तरीको गौशाला नगरपालिकाको मेयर र उपमेयरमा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार विजयी भएको छ । जसपाबाट मेयरका उम्मेदवार बनेका डाक्टर दिपेन्द्र महतो फराकिलो मतान्तरले विजयी भएका छन् ।

महतोले ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बिष्णु बहादुर योन्जन ५ हजार ६२७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार बसन्त गुरुङ ५ हजार १३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयर पदमा जसपाकै रेणु कुमारी महतो ८ हजार ४५५ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्धी नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ५ हजार ४९० मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी सुसिला देवीले ५ हजार ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

२०७९ जेष्ठ ७, शनिबार ०९:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय