महोत्तरी : जिल्लाका बलबा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट चुनाव लडेका महतो यसपटक १११३ मतअन्तरले मेयर पदमा विजविजयी भएका हुन् ।

उनले निवर्तमान मेयर नेपाली कँगेसका उम्मेदवार विनोद यादवलाई पराजित गर्दै विजयी भएका हुन् । महतोले ५७८३ मत ल्याएर विजयी भए भने यादवले ४६७० मत मात्र प्राप्त गरेर पराजित भएका छन् ।

निवर्तमान मेयर यादवले नै २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार महतोलाई १२० मत अन्तरले पराजित गरेका थिए । यो पल्ट महतोले यादवलाई १११३ मत अन्तरले पराजित गरेका हुन् ।

२०७४ को निर्वाचनमा काँगेसबाटै चुनाव लडेका यादव ३६१६ मत ल्याएर विजयी भएका थिए । महतोले भने ३४९६ मत प्राप्त गरी पराजित भएका थिए ।

यस्तै उपमेयरमा काँग्रेबाट रामदुलारी देवी विजयी भएकी छन् ।

उनले ५१०८ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाकी रेखाकुमारी ५०८१ मत ल्याएकी छन् । २७ मत अन्तरले रेखाकुमारी पराजित भएकी हुन्

२०७९ जेष्ठ ७, शनिबार ११:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय