जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको मेयरमा प्रदीपकुमार यादव र उपमेयरमा दुर्गादेवी विजयी भएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा हंसपुर नगरपालिकाको मेयर र उपमेयर दुवै सिट तत्कालीन राजपा(हाल लोसपा) ले जितेको थियो। त्यतिबेला नगरपालिकाको मेयरमा रामज्ञान मण्डल र उपमेयरमा रेणु झा निर्वाचित भएका थिए।

लोसपाबाट नगरपालिकाको मेयरका लागि होमिएका रामज्ञान यसपटक भने निकटतम प्रतिद्वन्द्वीसमेत हुन सकेनन्। मेयरमा निर्वाचित भएका प्रदीपले ४ हजार ४०९ मत प्राप्त गर्दा रामज्ञान २ हजार ८१५ मत ल्याएर तेस्रो स्थानमा खुम्चिएका छन्। अघिल्लोपटक प्रदीप मेयरका निकटतम प्रतिद्वन्द्वी भएका थिए।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार नगरपालिकाको मेयरमा प्रदीप निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुनिलकुमार यादव भएका छन्।

२ हजार ९११ मत प्राप्त गरेर सुनिल दोस्रो भएका छन्।

त्यस्तै लोसपा परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) बाट मेयरका प्रत्याशी बनेका देवकृष्ण मण्डल २ हजार ३८० मत प्राप्त गरेर चौथौं स्थानमा सीमित भएका छन्।

नगरपालिकाको उप्रमुखमा निर्वाचित भएकी कांग्रेसकी दुर्गा देवीले ४ हजार ४६५ मत प्राप्त गरेकी छन्।

उनका निकतटम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २ हजार ९०३ मत ल्याएकी छन्। माओवादी केन्द्रकी कमल देवीले २ हजार ८१४ मत प्राप्त गर्दा जसपाकी शिवकुमारी देवीले २ हजार २५० मत ल्याएकी छन्।

२०७९ जेष्ठ ७, शनिबार ११:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय