सर्लाही : बरहथवा नगरपालिका-४ मा गोलाप्रथाबाट वडाध्यक्ष चयन गरिएको छ । १ हजार ७५ मतदाता रहेको वडामा ९ सय २४ मत खसेको थियो ।

जहाँ नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार लखेन्द्र महतो र नेकपा एमालेका उम्मेदवार कृष्ण कुमार शाहले समान मत ३ सय ४ ल्याएका थिए । वडामा दुई उम्मेदवारको समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथाबाट वडाध्यक्ष चयन गरेको हो ।

समान मत आएपछि निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा गर्ने निर्णय गरेको थियो । गोलाप्रथाबाट निर्णय हुँदा साह निर्वाचित भएको बरहथवा निर्वाचन कार्यालयका अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

सोही वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार घनश्याम शाहले २ सय ८९ मत, जनता समाजवादी पार्टीका श्यामबाबु गिरीले ३९ र जनमत पार्टीका सुखल साह तेलीले ६ मत प्राप्त गरेका थिए ।

२०७९ जेष्ठ ७, शनिबार १२:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय