बर्दिबास : बर्दिबास नगरपालिका वडा नम्बर ११ स्थित श्री लक्ष्मी नारायण माध्यमिक विद्यालयमा बृक्षा रोपन गर्दै नब निर्वाचित पदाधिकारीहरुलाई विद्यालय परिवारले बधाई दिएका छन ।

बर्दिबास नगरपालिकाको मेयर प्रहलाद कुमार क्षेत्री र तारा देबि महतोले रुद्राक्षको बिरुवा रोपि बर्दिबासको खैरमारा देखी हरित अभियानको कार्यक्रम थालनी गर्नु भएको हो ।

हरियो जीवन र सुखी कार्यकाल सफताको कामना दिदै खैरमाराका स्थानिय नेता कार्यकर्ता र विद्यालय व्यवस्थापन समितिले बधाई दिएका हुन । विद्यालयमा रहेको लक्ष्मी नारायण दौलत सिंहको स्मृति स्तम्भ अगाडि रुद्राक्षको बिरुवा रोपि स्थानिहरुले मेयर क्षेत्री र उपमेयर महतोलाई बिकास र जितको शुभकामना कामना दिनुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै बर्दिबास यातायात कार्यलयका प्रमुख पोसन थापले नब निर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै बधाई दिनुभएको हो । उनले भने यश बर्दिबास नगर पालिकाको बिकासको संकेत यो हरित अभियान हो ।जस्ले समग्रा बर्दिबासको बिकास सङ्सगै हरित अभियानमा प्रमुख भुमिका रहने बताए । बर्दिबासको उतरी भेगमा रहेको छोडकेलाई पर्यावरण सङ्ग सगै पर्यटन बिकासमा अब बर्दिबास नगर पालिकले प्रमुख भुमिका खेल्नु पर्ने बताउदै नगर प्रमुख क्षेत्रीलाई ध्यानाकर्षण गराए ।

bardibas_prahlad_kshetree_nepalvani

२०७९ जेष्ठ ७, शनिबार १६:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय