
जनकपुरधाम : जनकपुरधाम उप- महानगरपालिका वार्ड नम्बर १४ सोहनीमा आजबाट १० दिने हैण्ड ईम्ब्रोईडरी तालिम संचालन भएको छ ।
लैंगिक हिंसाको अन्त गर्नको लागि आजबाट सोहनी टोलका २० जना महिलाहरुलाई १० दिने हैण्ड ईम्ब्रोईडरी लहगा, चुनरी साडीमा बुट्टी सम्बन्धि तालिम संचालन भएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सहयोगमा तथा समुदायिक सेवा सस्था धनुषाको आयोजनामा उक्त तालिम सुरु भएको छ ।
वडा नं. १४ का कार्य वाहक वडा अध्यक्ष मदन राउतद्वारा कार्यक्रम उद्घाटन गरिएको छ ।
उक्त उद्घाटन कार्यक्रममा सोनामाई युवा क्ल्वका भुमी दाता भोला मण्डल, सोनामाई युवा क्लवको सस्थापक अध्यक्ष बिनोद दास, हरि नारयान साह, युवा नेता जिबछ दास, सहायक स्वास्थ्य कर्मी सुनिता यादव, स्वास्थ्य कर्मी राकेश दास, आयोजक सस्थाका अध्यक्ष बद्री नरायण ठाकुर, सामुदायिक सस्थाका प्रतिनिधि तिलक पाखरीन लगायतको उपस्थित रहेको थियो ।