महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी, नेपालका सुरेश साह सोनार ७,३०६ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल उम्मेदवार रामशंकर मिश्रलाई १,८७६ मतान्तरले पराजित गरेका हुन् । पराजित रामशंकर मिश्रले ५,४३० मत ल्याएका छन् ।

यस्तै उपमेयरमा जनता समाजवादी पार्टी, नेपालकै उम्मेदवार रौशन खातुन ५,८२३ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार मुन्‍चुनदेवीले ४,९०१ मत ल्याएकी छन् ।

jasapa

२०७९ जेष्ठ ७, शनिबार २१:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय