काठमाडौं : काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुन: १० रुपैयाँ बढाएको हो। निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ।

यसपालि निगमले हवाई इन्धन (आन्तरिक) र खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ। हवाई इन्धन प्रतिलिटर १० रुपैंयाँले वृद्धि गरेर १६६ प्रतिलिटर कायम गरिएको छ। ग्यास प्रति सिलिण्डर दुई सय रुपैयाँले वृद्धि गरेर १८ सय पुर्‍याइएको छ।

मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ।

निगमले भारतबाट मूल्य बढेर आएको र बढ्दो घाटा व्यवस्थापन गर्न तथा पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ। चालु आर्थिक वर्षमा निगमलाई करिब ४७ अर्ब रुपैयाँ घाटा भएको पनि निगमका सह प्रवक्ता पुष्कर कार्कीले जनाएका छन्।

notice2

२०७९ जेष्ठ ८, आईतवार २१:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय