गोरखा : गोरखाको भीमसेन थापा गाउँपालिका ८ का वडाअध्यक्ष उम्मेदवार नवराज ढकालले अन्तिम मतपरिणाम आउँदासम्म १ भोट पनि पाएनन्। कुल १ हजार ४६९ मत मध्ये स्वतन्त्रबाट उम्मेदवार दिएका ढकालको चुनाव चिह्न ‘खानेपानीका धारा’मा एक भोट पनि नआएपछि उनले अदालत जाने बताएका छन्।

सामाजिक सञ्जालमा मतगणनाबारे असन्तुष्टि जनाउँदै उनले आफूले हालेको मत पनि नपाएको बताएका छन्। मतपरिणाममा आफूले हालेको भोट पनि नआएको भन्दै उनले आफ्नो भोट खोज्न बताएका छन्। उनले भनेका छन्, ‘‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु।”

उनले आफूले हालेको मत बदर भएको पनि नदेखिएकाले मतगणनामै लापरवाही भएको आरोप लगाएका छन्। निर्वाचन अधिकृत खिमानन्द गौतमले भने मतगणनामा कुनै त्रुटी नभएको दाबी गरेका छन्।

यहाँ माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाअध्यक्षमा विजयी भएका छन्। साभारः नेपालभिउज

२०७९ जेष्ठ ९, सोमबार ०७:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय