काठमाडौं : सर्लाहीको बरहथवा नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार एमाले उम्मेदवार कल्पनाकुमारी कटुवाल १२ हजार २७३ प्राप्त गर्दै नगरपालिकाको मेयर निर्वाचित भएकी हुन्।

कटुवालले नेकपा माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान मेयर देवानन्द महतोलाई ५ हजार ६०७ मतान्तरले पराजित गरेकी हुन् । महतोले ६ हजार ६ सय ६६ मत मात्र ल्याए।

उपमेयर पदमा पनि एमालेकै राम रामबाबुप्रसाद साह विजयी भएका छन् । उनले ९ हजार ९ सय १ मत ल्याउँदा नेपाली कांग्रेसकी गंगा दहालले ७ हजार १ सय १९ मत ल्याइन् । माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान उपमेयर सीतादेवी माझीले भने ६ हजार ३ सय १४ मत मात्र ल्याइन्।

योसँगै सर्लाहीमा एमालेले एक स्थानीय तह हात पार्न सफल भएको छ । गत निर्वाचनमा चार स्थानीय तह जितेको एमाले एक स्थानमा खुम्चिएको हो । बरहथवाको नतिजासँगै सर्लाहीका २० पालिकाको अन्तिम परिणाम पनि सकिएको छ ।

२० स्थानीय तहमध्ये १२ पालिका प्रमुख कांग्रेसले जितेको छ भने चार पालिकामा माओवादीले जित निकाल्न सफल भएको छ । दुई पालिकामा जनता समाजवादी र एक÷एक स्थानीय तहमा लोसपा र एमालेले जित निकालेको निर्वाचन आयोगले जनाएको छ ।

२०७९ जेष्ठ ९, सोमबार १२:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय