जनकपुरधाम : यातायात व्यवस्था विभागले (आज) मंगलबारबाट लागू हुनेगरी प्रदेश बाहिर चल्ने सवारी साधनको भाडा वृद्धि गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा सम्बन्धित प्रदेश बििहर सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ।

यसअघि विभागले एक साताअघि जे७ ४ गते भाडा बढाएको थियो।
विभागका अनुसार यात्रुबाहक सवारीमा २.१ प्रतिशत, पहाडका बाटोमा चल्ने मालबाहक सवारीमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढेको जनाएको छ।

२०७९ जेष्ठ १०, मंगलवार २१:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय